वैशाख २७ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख २७ गते शनिबार । सन् २०२५ मे १० तारिख । नेपाल सम्बत ११४५ बछलाथ्व त्रयोदशी तिथि । आज बिहान ५ बजेर २० मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । सामान्य काममा पनि हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनुपर्ने योग छ । मनमा दुविधाग्रस्त रहने देखिन्छ । तथापि, सामाजिक काममा नाम रहनेछ । स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय छ ।

बृष

प्रेम र मित्रताको बन्धन कसिने समय छ । वैवाहिक जीवन सुखी हुनेछ । चल(अचल सम्पत्तिको कारोबार हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने योग छ । आजको दिन सुखद यात्राको सम्भावना छ । काम बन्नाले मन रमाउला छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ ।

मिथुन

नसोचेको काम बन्ने समय छ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । प्रियजनसंग भेटघाटको योग छ । टाढाबाट धन प्राप्त हुने देखिन्छ । आज परोपकारका काममा विशेष रुपले मन आकर्षित होला । मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।

कर्कट

खर्च र विवाद बढ्ने तथा शत्रुले सताउनसक्ने समय छ, एकदमै सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ ।

सिंह

प्रयत्न गरेका काममा ढिलै भए पनि सफलता मिल्ने समय छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने छ । धनजनमा वृद्धि भइ कसैबाट साथ समर्थन पाइने योग छ । ठुला ब्यक्तिसँग लाभदायक भेटघाट हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्ने छ ।

कन्या

कामको सफलताले थप काम गर्ने हौसला मिल्ने दिन छ । अधुरा कामहरु आज सम्पन्न हुन सक्छन् । धनआर्जनको योग छ । लाभदायी एवम् मनोरञ्जनात्मक यात्राको सम्भावना छ । नयाँ साथीसँग चिनजान हुने देखिन्छ । पराक्रम र मान–महत्व बढ्ने छ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

मिश्रित फलदायी समय छ । कृषिसम्बन्धी कामबाट विशेष लाभ होला । नयाँ अवसर प्राप्त भएपनि आजको दिन कुनै पनि नयाँ काम नथाल्नु हितकर हुनेछ । लेनदेको काम पनि नगरेकै बेस हुनेछ । पाहुना आगमनको सम्भावना छ । कर्मबल वृद्धि हुनेछ ।

बृश्चिक

सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सहयोगीको साथ दिए पनि काम पूरा नहुने समय छ । व्यर्थको खर्च हुनसक्छ, सजग रहनुहोला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानपानमा सजगताको दरकार छ । प्रेममा पनि धोका मिल्ने योग छ ।

धनु

दौडधुप वृद्धि हुनेछ । सहयोगको आशा देखाउनेले धोका दिनसक्ने समय छ । मन दुविधाग्रस्त रहने देखिन्छ । स्वास्थ्य कमजोर रहनसक्छ, जसका कारण सोचेको काम समयमै सम्पन्न नहुने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा भने आकर्षण बढ्ने छ ।

मकर

धन आर्जनका नयाँ बाटा खुल्नेछन् । खर्चभन्दा कमाई नै बढी हुने समय छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदै होला । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ने देखिन्छ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष छाउला । दामपत्यसुख बढ्ने छ । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने समय छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । धन आर्जनको योग छ । पारिवारिक सुख मिल्ला । ब्यापारमा पनि फाइदा नै हुने देखिन्छ । महत्वपूर्ण कामहरु सजिलैसँग बन्नेछन् । प्रेमभाव वृद्धिका साथै कामको इच्छाशक्ति पनि बढ्ने छ ।

मीन

आजको दिन काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकाले धोका दिनसक्छन् । मनमा उदासिनता बढ्नसक्छ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले संयमता अपनाउनु हितकर हुनेछ । पेशागत रुपमा पनि समस्या देखिन सक्छ ।

सम्बन्धित समाचार