0
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।
उनी खुमलटारस्थित निवासमा गएराति शौचालय जाँदा लडेर घाइते भएका हुन् । उनी घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो ।
स्रोतका अनुसार प्रचण्डको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ । उनको अवस्था सामान्य छ ।