भाटभटेनीबाट सवा दुई लाखको सामान चोरी गर्ने युवक पक्राउ

0 Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटबाट दुई लाख १७ हजार मूल्य बराबरका सामान चोरी गर्ने युवक पक्राउ परेका छन् ।

काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट सामान चोरी भएको थियो । सामान चोरेर फरार रहेका दोलखाको बैतेश्वर गाउँपालिका २ का ३७ वर्षीय विमल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार उनले रक्सी, चुरोट, काजु, पिस्ता, स्याफ्रान, फिस वेल, आलमण्ड जस्ता सामान चोरेका थिए ।

सम्बन्धित समाचार