यी हुन् आईपीएलमा १० टोलीको नेतृत्व गर्ने कप्तानहरू

0 Shares

काठमाडौं । क्रिकेटको चर्चित फ्राञ्चाइजी इण्डियन प्रिमियर लिग (आईपीएल)को १७ औँ संस्करण जारी छ । खेलमा पाँच पटकको विजेता मुम्बाई इण्डियन्सले सबैभन्दा कमजोर प्रर्दशन गरेको छ । यो टिमले खेलेको सबै खेलमा पराजित भएको छ ।

यस्तै, राजस्थान रोयल्सले खेलेको सबै खेल जित्दै शीर्ष स्थानमा रहेको छ । यसपटकको आईपीएलमा तीन टोलीमा नयाँ कप्तान चार वटा टोलीले नयाँ कप्तान पाएको छ ।

१० टोली सहभागी खेलमा मुम्बाई इण्डियन्ससहित चेन्नाई सुपर किंग्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सले नयाँ कप्तान पाएको हो । यसबाहेक आईपीएलमा आफ्नो टोलीको नेतृत्व गर्ने १० कप्तानहरू यस प्रकारका छन्ः

मुम्बई इण्डियन्स – हार्दिक पाण्ड्या

चेन्नई सुपर किंग्स – ऋतुराज गायकवाड

गुजरात टाइटन्स – शुभम गिल

दिल्ली क्यापिटल्स – ऋषभ पन्त

लखनऊ सुपरजायन्ट्स – केएल राहुल

रोयल च्यालेन्जर्स बैंगलोर – फाफ डु प्लेसिस

राजस्थान रोयल्स – सञ्जु सैमसन

कोलकाता नाइट राइडर्स – श्रेयस अय्यर

सनराइजर्स हैदरावाद – एडेन मार्कराम

पञ्जाब किंग्स – शिखर धवन

 

सम्बन्धित समाचार