वैशाख २२ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख २२ गते सोमबार । सन् २०२५ मे ५ तारिख । नेपाल सम्बत ११४५ बछलाथ्व अष्टमी तिथि । आज बिहान ५ बजेर २४ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ३९ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

कामका बाधाहरू हट्ने र नसोचेको ठाउँबाट धन प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउने छ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ ।

बृष

आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहने देखिन्छ । भौतिक साधनको खराबीले लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । विलासितामा खर्च हुनेछ । मुख्य काममा बाधा हुने सम्भावना छ, सजग रहनुहोला । स्वास्थ्य कमजोर रहन सक्छ ।

मिथुन

आजको दिन अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्ने योग भए पनि निकट सहयोगीले राम्रो साथ दिने छन् । नयाँ काम सुरु गर्न सकिने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्ने छ ।

कर्कट

लाभ हुने काम प्रारम्भ गर्ने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । प्रतिस्पर्धाले आम्दानीको बाटो खुलाउला भने साझेदारीमा राम्रै फाइदा हुने देखिन्छ । काम र पदको आशा देखाउनेहरूले फसाउनसक्ने सम्भावनाप्रति सजग रहनु उचित होला । कर्मबल बढ्नेछ, जसबाट आयआर्जनका स्रोत वृद्धि होला । आमाको माध्यमबाट काम बनाउन सकिने छ ।

सिंह

कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

कन्या

केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यगत समस्या देखापर्नसक्छ, सजगता अपनाउनुहोला ।

तुला

ब्यस्तता वृद्धिका साथै दिगो फाइदा हुने काम शुभारम्भको अवसर जुट्ने समय छ । तथापि, सहयोगीहरूले खासै साथ नदिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर होला ।

बृश्चिक

नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सुखदुःखमा साथ दिनेहरू फेला पर्ने छन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यप्रति भने विशेष सजगता अपनाउनुपर्ने छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनुका साथै प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।

धनु

शुभदायी समय छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् तर पनि वित्तादि लाभ हुने देखिन्छ । हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा लगनशीलताले पुनःप्राप्ति हुने योग छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला तर बौद्धिकता एवम् रचनात्मकता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर

दिन केही चुनौतीयुक्त रहने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि अवसरवादीेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसका कारण नियमित कार्यमा सुस्तता आउनसक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने सम्भावना छ ।

कुम्भ

व्यस्तता वृद्धि हुनेछ र काम बिग्रने डरले सताउने देखिन्छ । आफ्नै कमजोरीले महत्वपूर्ण कार्यमा ढिलासुस्तीको सम्भावना छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्नसक्छ । व्यापार–व्यवसायबाट लाभ मिल्ने योग छ । मानसम्मानमा ठेस पुग्ने देखिन्छ, सजग रही व्यवहार गर्नुहोला ।

मीन

पराक्रम वृद्धिक साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । अध्ययन–अध्यापनमा प्रगति होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । विभिन्न सहयोग र उपहार हातपर्ला । सजिलै काम बन्नाले उत्साह जागृत हुनेछ ।

सम्बन्धित समाचार