केपी ओलीको ज्ञानअगाडि म डबल डिग्रीवाला केही पनि होइन : राधिका शाक्य

0 Shares

काठमाडौं । राधिका शाक्यले आफ्नो श्रीमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ८ कक्षा फेल भनेर गिज्याउने गरेकोमा निराशा व्यक्त गरेकी छिन्।

शनिबार काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले आफूले डबल डिग्री गरेको भएपनि ओलीमा भएको ज्ञानअघि केही पनि नभएको बताइन्।

‘मैले दुईवटा विषयमा मास्टर्स गरेको छु, अस्तिको शिक्षक आन्दोलनमा पनि ‘८ क्लास फेल भएको मान्छेले देश चलाउने, हामी यत्रो पढेका शिक्षक सहरमा आन्दोलन गर्नुपर्ने रु’ भन्ने सुनेँ,’ शाक्यले भनिन्, ‘म विनम्रसाथ सबैलाई के अनुरोध गर्न चाहन्छु भने दुई विषयमा मास्टर्स गरेको प्रमाणित कपी मसित छ। तर, मेरो श्रीमान् केपी ओलीमा रहेको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन।’

जेलमा रहेका बेला केपी ओलीले सर्टिफिकेटमा खासै ध्यान नदिएको भन्दै उनले त्यहाँ बसेर सर्टिफिकेट लिनेहरुको पनि गुरु केपी ओली भएको बताइन्। ‘उहाँको सर्टिफिकेट किन भएन तपाईंहरु सबैलाई थाहा छ,’ शाक्य भन्छिन्, ‘जेलमा भएका थुप्रैले प्रमाणपत्र लिनुभएको छ। तर, प्रमाणपत्र लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै हो। उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेको कुरा सिकाइदिनुहुन्थ्यो।’

सम्बन्धित समाचार