0
Shares
काठमाडौं । अमेरिकाको इ-डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समयअनुसार मध्यान्ह १२ बजे (नेपाली समयअनुसार राति पौने १० बजे) सन् २०२६ को इ-डिभी लोटरीको नतिजा प्रकाशित गरिएको हो ।
नतिजा अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । नयाँ विजेताले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने छन् ।
उनीहरूले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने छ । विद्यमान कानुनअनुसार उक्त अवधिभित्र भिसा नपाउने स्वतः अयोग्य हुनेछन् ।
इ-डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिने छ ।