वैशाख १८ गते तपाईंको दिन कति शुभ ?

0 Shares

आज मिति २०८२ वैशाख १८ गते बिहीबार । सन् २०२५ मे १ तारिख । नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्थी तिथि । आज बिहान ५ बजेर २७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ३७ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

प्रेमको बन्धनमा कसिने समय छ । तथापि, आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ । दिनको पछिल्लो प्रहर रोकिएका काम बन्नाले उत्साह जाग्ने देखिन्छ ।

बृष

दाम, इनाम र प्रतिष्ठा कमाउनुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ, गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रगतिको दर बढ्ला ।

मिथुन

यात्रागत कार्यमा समस्या आइपर्नसक्ने तथा बाध्यताका काममा जुट्नुपर्ने समय छ । विपरीतलिङ्गीको माध्यमबाट फाइदा पुग्ला । कतै आतिथ्यपूर्ण सम्मान पाइने योग छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ ।

कर्कट

आजको दिन आशा देखाउनेको भरपर्दा धोका हुन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने देखिन्छछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । जोखिम र दौडधुप बढ्ने छ ।

सिंह

बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । यसका बाबजुद लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । प्रेमभाव र आरोग्यता बढ्ने छ ।

कन्या

स्वास्थ्य सामान्य कमजोर रहे पनि आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, सावधान रहनुहोला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने तथा दाम्पत्यजीवन सुखद बन्ने समय छ ।

तुला

प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि मिल्ने समय छ । तथापि, काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम खेर नजान विशेष सतर्कताको खाँचो छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने छ ।

बृश्चिक

मिश्रित फलदायी दिन छ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग छ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । शोख पूरा गर्नमा खर्च वृद्धि हुन सक्छ । ब्यस्तता बढ्ने छ ।

धनु

फजुलको ब्यस्तता बढ्ने दिन छ । विगतका समस्या बल्झिन सक्छन् । सहयोगको आशा देखाउनेले पनि झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ ।

मकर

पराक्रम वृद्धिका साथै एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । कठिन प्रतिस्पर्धामा पनि विजयी भइने योग छ ।

कुम्भ

न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ ।

मीन

इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय छ । लाभ वा आफ्नो हितका लागि योजना गोप्य राखेर अघि बढ्नुपर्नेछ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने योग छ, सजग रहनुहोला । आरोग्यता रहनेछ ।

सम्बन्धित समाचार