नेपाल र भारतीय टोली बरोडाबीच खेल, यसरी हेर्नुहोस् लाइभ

0 Shares

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली टोलीले त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग पहिला ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो ।

गुजरातले सोमबार बरोडालाई पाँच विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा रहेका छन् ।

दुई टोलीबीचको खेल हेर्न स्टार स्पोट्सको युट्युब च्यानलमा लाइभ रहेको छ । लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित समाचार