आज मिति २०८२ वैशाख १७ गते बुधबार । सन् २०२५ अप्रिल ३० तारिख । नेपाल सम्बत ११४५ बछलाथ्व तृतिया तिथि । आज बिहान ५ बजेर २८ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ३६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिने समय छ । आत्मबल जागृत गरी प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।
बृष
आजको दिन सुखद रूपले नै बित्ने देखिन्छ । हिम्मतले काम लिने प्रयत्न गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउने छ । नयाँ कामको प्रस्ताव आउने छ भने सहयोगी भेटिने छन् । धन आर्जनको योग छ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ ।
मिथुन
मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । धर्मकर्म तथा परोपकारसम्बन्धी कार्यमा आकर्षण बढ्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । परिवारजनसँग आत्मीयता बढ्ने छ ।
कर्कट
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने समय छ । जोखिम वृद्धि र केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिने छ ।
सिंह
आजको दिन अनावश्यक दौडधुपमा समय बित्न सक्छ, समयको बर्बादीबाट जोगिन विशेष सोचसमझका साथ कार्य गर्नु उचित होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा पनि विशेष सजगता अपनाउनु होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ ।
कन्या
दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ भने प्रेम र मित्रताको गाँठो कसिने योग छ । विशेष लाभदायी काम प्रारम्भ गरिने योग छ । साझेदारीमा फाइदा र आयआर्जनका स्रोतसमेत बढ्ने देखिन्छ । प्रेमभाव वृद्धि र सुख बढ्ने छ ।
तुला
व्यवसायमूलक काममा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने छ । गुरुजनको सहयोग जुट्ने छ । आरोग्यबलका साथै यशवर्चश्व बढ्ने छ ।
बृश्चिक
पहिलेका कर्मको प्रतिफल पाइने छ साथै कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । तथापि, आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनु उचित होला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।
धनु
अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्ने छन् । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुने देखिन्छ ।
मकर
उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउने छ । विभिन्न भौतिक साधन जुट्ने छन् भने सन्तानपक्षका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता बढ्ने छ ।
कुम्भ
भविष्यका लागि विशेष काममा जग बसाउने बेला छ । विभिन्न अवसरले पछ्याउनेछन्, तर चुनौती पनि वृद्धि होला । आर्जित धन खर्च हुन सक्छ । तथापि, आफ्नै प्रयासले लाभ मिल्न सक्छ । व्यापारमा फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मीन
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने छ । काम बिग्रने डरले सताइरहने छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । बेसुरमा वचन दिनाले दुःख पाइएला ।