0
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइ गएको टोलीले निरौलालाई १५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार उक्त घुस रकमको अनुसन्धानको सिलसिलामा निजले सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ हजार कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।