0
Shares
काठमाडौं । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका १ गोल्डेनमा सवारी साधन दुर्घटना भएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो ।
घटनामा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।