वैशाख १० गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख १० गते बुधबार । सन् २०२५ अप्रिल २३ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा दशमी तिथि । आज बिहान ५ बजेर ३४ मा झुल्किएको घाम, साँझ ६ बजेर ३२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

भाग्यबल बढेर मान प्रतिष्ठा फैलिने समय छ । अनुकूलता वृद्धि हुनुका साथै यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । दोधारको अवस्था सिर्जना हुनसक्छ, तथापि पारिवारिक सहयोग प्राप्त हुनेछ ।

बृष

आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा बाधा पर्ने सम्भावना छ । कल्पना र भावनामा केन्द्रित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ ।

मिथुन

समय शुभदायी छ । नयाँ कामको प्रस्ताव आउने र विगतको सफलताले थप काम गर्न हौसला मिल्ने दिन छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिएलान् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने बौद्धिकताबाटै लाभ पनि प्राप्त होला । बोली र व्यवहारको उचित प्रस्तुतिले ठूलै अवसर दिलाउन सक्ने योग छ ।

कर्कट

कर्मबलका साथै साहस वृद्धि हुनेछ । प्रेमभाव बढ्नुका साथै रसरागमा आकर्षण रहने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति होला ।

सिंह

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । तर, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने योग छ । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ । नियमित कार्यमा केही झमेला आइलाग्न सक्छ ।

कन्या

व्यस्तता वृद्धि भए पनि जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्ने समय छ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सहजै सम्पादन हुनेछ । कमी(कमजोरीलाई सुधार्ने मौका मिल्ला ।

तुला

बोली, व्यवहार तथा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसक बढ्ने छन् भने सहयोगीहरूले काममा राम्रै साथ दिने छन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने योगछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । आरोग्यबल बढ्ने छ ।

बृश्चिक

मेहनतले सम्मानित स्थान दिलाउने दिन छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिएला ।

धनु

अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ने छ भने पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । तथापि, चोरी वा ठगीमा परिने योग रहेकाले सजगताको दरकार पर्ने छ । आर्थिक कारोबार गर्दा निकै नै सावधानी अपनाउनु होला ।

मकर

न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आर्थिक पक्ष सुदृढ रहला । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ भने भएको दायित्व सहजै पूरा गर्न सकिएला ।

कुम्भ

शुभदायी दिन छ । टाढिएका आफन्तहरू नजिकिने छन् भने पारिवारिक सुख मिल्ने देखिन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा पनि प्रगति होला । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिने छ । हाँसखेल र मनोरञ्जनका क्षण पशस्तै आइपर्लान् । आजको दिन सहयोगीहरूले पनि राम्रै साथ दिने छन् र कार्यमा सोचेजस्तै सफलता मिल्नेछ ।

मीन

कर्मबल बढ्नेछ तर अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । आजको दिन अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्ने छ । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सम्बन्धित समाचार