अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन् : प्रधानमन्त्री ओली

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्नेलाई अपराधीले घेराबन्दी गरिरहेको दाबी गरेका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले घेराबन्दीबारे बोलेका हुन्।

उनले भने, ‘अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन्। विरोधीहरूले संगठित गर्छन्। हाम्रै साथीहरुलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ। त्यो भ्रममा हाम्रै केही साथीहरु सामेल भएको पाइएको छ।’

यस्तै, उनले वैदेशिक शक्तिहरुले एमालेलाई साथ नदिएको भन्दै गुनासो गरे। ‘हाम्रो पार्टीलाई समर्थन गरेका छैनन्। त्यसैबेला हाम्रो नेतृत्वले गलत त गरेन भन्ने परेको छ। आलोचनाको तारो भइरहेको छ,’ उनले भने, ‘आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ कि, भन्ने परेको छ।’

प्रधानमन्त्री अ‍ोलीले आफू गलत बाटो हिँडेर सम्झौता गर्ने हो भने एक महिनामै हाइ–हाइ हुने बताए। ‘जेठ महिनाभित्रै हाइ हाइ हुन सकिन्छ। मैले गति छाडेँ भन्ने हो भने हाइ हाइ भइन्छ।’

उनले आफूहरू महान परिवर्तनको उद्देश्यबाट आएको बताउँदै समाजवाद भनेरमात्रै नपुग्ने बताए। यसैगरी, उनले अब ‘समृद्ध नेपाल-सुखी नेपाली’ भनेर एमालेबाहेक अरू पार्टीले भन्न नसक्ने बताए।

सम्बन्धित समाचार