कीर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

0 Shares

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका २ का पूर्ववडाध्यक्ष खुशीलाल साह कीर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन् ।

साहले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप कीर्ते गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार विं.सं. २०८० माघ १९ मा वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत कीर्ते गरी पूर्वअध्यक्षले चार किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो । अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साह ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका २ को वडाध्यक्षमा निर्वाचित भएका थिए । पछि ०७९ को निर्वाचनमा एमालेबाट नवराजपुर गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए ।

सम्बन्धित समाचार