प्रधानमन्त्री ओलीको नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग गठन

0 Shares

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको हो ।

स्रोतका अनुसार आयोगमा १५ सदस्यीय टोली हुनेछ । आयोगमा अर्थ मन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन मन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ ।

त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने ती मन्त्रीले जानकारी दिए ।

सम्बन्धित समाचार