पाथीभरा मन्दिरमा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्य

0 Shares

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे १ च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका १० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो ।

आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको छ ।

सम्बन्धित समाचार