पश्चिमी र स्थानीय वायुको प्रभाव कायम, यी प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

0 Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भागका थोरै स्थानमा चट्याङ्गसहित वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

यी प्रदेशको पहाडी भागका थोरै स्थान र बाँकी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

सम्बन्धित समाचार