रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जनालाई थप १५ दिन थुनामा राख्न अनुमति

0 Shares

काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका २० जना थप १५ दिन थुनामै रहने भएका छन्। ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप १५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार अनुमति दिएको हो । उनीहरू १५ चैतको राति पक्राउ परेका थिए ।

उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा प्रहरीले मंगलबारसम्म ७३ जनालाई पक्राउ गरेको छ ।

सम्बन्धित समाचार