लुटपाटमा संलग्न दुई जना बसुन्धाराबाट पक्राउ

0 Shares

काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका -६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्‍ने राजु गुरूङ रहेका छन् । उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ । उनीहरूले चैत १३ गते राति ९ देखि  १० बजेको समयमा बुढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेको प्रहरीको आरोप छ ।

सम्बन्धित समाचार