काठमाडौंसँगै देशका विभिन्न स्थानमा वर्षा, चट्याङ लागेर बालिकाको निधन

0 Shares

काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावा हुरीसहित वर्षा भइरहेको छ ।

कर्णाली प्रदेशको विभिन्न स्थानमा पनि असिना पानी परेको छ । विशेषगरी सुर्खेतमा ठूलो मात्रामा असिना पानी परेको हो ।

यस्तै, चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका ६ तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । उनको बाटोमै मृत्यु भएको हो ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पहाडी तथा हिमाली भागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार