कुलमानले पाए बर्खास्तीको पत्र, आज अदालत जाँदै

0 Shares

काठमाडौं । सरकारको बर्खास्तीमा परेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज बुधबार अदालत जाने भएका छन् । बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजी गराउनको लागि अन्तरिम आदेशको माग गर्दै उनले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका हुन् ।

उनले हिजो मंगलबार साँझ बर्खास्तीमा परेको पत्र पाएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो।

सरकारले यस अघि उनलाई किन पदबाट नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो। त्यस अघि उर्जा मन्त्रालयले पनि उनलाई पटक पटक स्पष्टीकरण सोधेको थियो।

२०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेको थियो। उनको कार्यकाल २०८२ साउन २४ सम्म थियो ।

सरकारले घिसिङको स्थानमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ। कुलमान अगाडी शाक्य नै प्राधिकरणको कार्यकारी निर्देशक थिए। शाक्यले हिजो मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् ।

सम्बन्धित समाचार