0
Shares
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने चौधकिलो भन्ने स्थानमा कोइला बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । घटनामा चालकको मृत्यु भएको छ भने सहचालक घाइते छन् ।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३-००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको हो । सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएका छन् ।
चिकित्सकले सहचालकलाई थप उपचारका लागि ७ः५० बजे नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेका थिए ।
प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिन्छ ।