0
Shares
चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यस वर्ष २७ प्रतिशत बढी राजस्व संकलन भएको हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष फागुन मसान्तसम्ममा १४ अर्ब ४६ करोड ६४ लाख राजस्व संकलन भएको छ ।
गत वर्ष यसै अवधिमा ११ अर्ब ९१ करोड ६१ लाख राजस्व संकलन भएको थियो । विभागले यस वर्ष रु १५ अर्ब ७० करोड १० लाख राजस्व संकलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व संकलन भएको हो ।
विभागले गत वर्ष २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार राजस्व संकलनका लागि लक्ष्य तोकेको थियो ।