0
Shares
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ। उनको स्थानमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको हो । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। यो उनको दोस्रो कार्यकाल हो ।
कार्यकारी निर्देशक कुलमानको यो कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। यसअघि नै सरकारले उनलाई हटाउने निर्णय गरेको हो ।
डेडिकेटेड र ट्रंक लाइन विवादका कारण घिसिङमाथि सरकारले पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ ।