0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।