काठमाडौं । नेकपा माओवादी केन्द्र दाङ काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा निमेषकुमार ओली सर्वसम्मत रुपमा चयन भएका छन् । ललितपुरको गोदावरीमा भएको दाङ काठमाडौंसम्पर्क मञ्चको तेस्रो अधिवेसनबाट अध्यक्षमा ओली निर्वाचित भएका हुन् । दाङमा स्थायी घर भई काठमाडौंमा विभिन्न पेसा व्यवसाय गर्ने माओवादी केन्द्रसंग शुभेच्छा राख्नेको संगठन हो ।
दोस्रो कार्यकालका लागि निर्वाचित ओलीको अध्यक्षतामा उपाध्यक्षमा जिवराज भण्डारी, उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, सचिवमा बालाराम घर्ती, सहसचिवमा कौशिका ओली, कोषाध्यक्षमा गणेश अधिकारी सहित २३ सदस्यीय कमिटी चयन भएको छ ।
कार्यक्रममा पार्टी उपाध्यक्ष एवंम् पूर्व सभामुख कृष्णबहादुर महरा,पार्टी स्थाथी समिति सदस्य एवम् पूर्व मन्त्री रेखा शर्मा, सांसद जगप्रसाद शर्मा,नारायणी शर्मा लगायत नेता कार्यकर्ता, साहित्यकार, पत्रकार, वकिल, कर्मचारीको उपस्थित रहेको थियो ।