ग्यास सिलिण्डर पड्किँदा आमाको मृत्यु, छोरीसहित दुई जना घाइते

0 Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ग्यास सिलिण्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । गत चैत्र २ गते सिलिण्डर पड्किँदा घाइते भएकी ३६ वर्षीया मिना खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा शनिबार खड्काको मृत्यु भएको हो । घटनामा घाइते दुई जनाको उपचार भइरहेको छ ।

मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्दराज जोशी उपचाररत छन् । जोशीको पसलबाट ग्यास सिलिण्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन् ।

सम्बन्धित समाचार