0
Shares
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु हुनेको पहिचान खुलेको छ ।
शनिबार बिहानै काठमाडौंबाट गोरखा गइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको थियो । घटनामा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् ।
गोरखा नगरपालिका ७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।