स्काईवेलको फ्ल्यागसिप सोरूम नक्सालमा

0 Shares

काठमाडौं । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेलले काठमाडौंको नक्सालमा आफ्‌लो फ्ल्यागसिप सोरूम संचालनमा ल्याएको छ।

नेपालमा पाईने विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडी भित्र्याएको थियो । स्काईवेलको यो नेपालमा पाँचौ विक्री कक्ष हो।

आज शुक्रबारका दिन चिनियाँ राजदुताबासका डेपुटी चिफ अफ मिसन माहमहीम वाड् जीन् ले एक समारोहका विच रिबन काटेर विक्री कक्षको उ‌द्घाटन गरेको हो । उद्‌घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्द्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रा लि का चेयरमेन दुर्गा प्रसाद गेलालको उपस्थिती रहेको थियो ।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्‌नो बलियो बजार साख श्रृजना गरिसकेको छ। स्काईवेल चीनीषों ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्षको ब्राण्ड हो। राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो।

भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्‌नो प्रिमियम एसयुभीको विक्री वितरण शुरू गरेको थियो। नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो खण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा विक्री गरिसकेको छ। नेपालका लागि आधिकारीक विक्रेता जि मोटर्स प्रा लि रहेको छ ।

स्काईवेलले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ। कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले भने, ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडी विक्री गछौँ, उहाँहरू घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान् सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रूपमा स्काईवेलका एसयुभी चढ्न थाल्नु भएको छ । त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहि कति पनि चुक्नेछैनौ। हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौ। हामी सँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन् ।’

आयोजित समारोहमा बोल्दै जि मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले भने, ‘स्काईवेल साधारण ईभी मात्रै होईन यो प्रिमियम एसयुभी ब्राण्डको रूपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो। यो सवारी चढेर हिड्ने हाम्रा ग्राहकले जती गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहि चुक्ने छैनौ।’

एक करोड १५ लाख रूपैया मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरूवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रूपैया मूल्य पर्छ। यसै बर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ ।

सम्बन्धित समाचार