तीन प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, अरू प्रदेशको मौसम कस्तो ?

0 Shares

काठमाडौं । आज देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भागमा आंशिक बदली भएको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको छ ।

उच्च पहाडी र हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार