0
Shares
काठमाडौं । तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृत फेला परेका छन् ।
रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान बेलौतीको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनी लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।