0
Shares
काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।
आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।पछिल्लो समय राजावादी शक्तिले प्रदर्शन गरेर परिवर्तनलाई उल्ट्याउन खोजेको भन्दै मोर्चाले सडकमा जाने निर्णय गरेको हो ।
मोर्चामा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।