0
Shares
काठमाडौं । तनहुँको व्यास नगरपालिका ३ स्थित बिपी वाटिकामा झण्डै एक करोड अर्थात ९६ लाख ६३ हजारमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो ।
हल निर्माणका लागि व्यास नगरपालिकाले ८७ लाख ८५ हजार प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण सम्पन्न भएको हो ।
क्लबले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्दै आएको छ । कभर्ड हलको मंगलबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।