0
Shares
काठमाडौं । आज बिहानै कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्प ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पको क्षतिबारे जानकारी प्राप्त हुन सकेको छैन । गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो ।