0
Shares
काठमाडौं । काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भूभागमा भूकम्पको धक्का गएको छ ।
शनिबार दिउँसो २ः३५ बजे चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्प ५.९ म्याग्निच्युट रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आज बिहान मात्रै म्याग्दी र बागलुङमा समेत भूकम्प गएको थियो ।