0
Shares
काठमाडौं । ‘राष्ट्रिय सुरक्षा परिषद्’को आर्थिक वर्ष २०७९/८० को छैटौँ प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को सातौँ प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विशेयक २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्वाव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।