४४ लाखमै आयो बहुप्रतिक्षित एमजी एस-५, पचास हजार तिरेर बुकिङ गर्न सकिने

0 Shares

काठमाडौं । एमजीका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस–५ सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले नयाँ एस–५ एसयूभी भव्य समारोहबीच सार्वजनिक गरेको हो ।

कम्पनीले दुई ब्याट्री अप्सन र तीन भेरियन्टमा एस–५ लन्च गरेको हो । एस–५ मा ४९ र ६२ किलोवाट आवर क्षमताका दुई ब्याट्री अप्सन पाउन सकिन्छ । ठूलो ब्याट्री भएको मोडल एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको र यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ ।

४९ किलोवाट आवरको ब्याट्री भएको मोडल दुई भेरियन्टमा उपलब्ध छ । जसमध्ये इन्ट्री भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको फुल अप्सन भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

पारामाउण्टले एस–५ को बुकिङ लिन सुरू गरेको छ । यो गाडी ५० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिनेछ ।

एमजी एस९५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

एस–५मा रहेको सानो ब्याट्रीलाई डिसी चार्जरले २६ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । डिसी चार्जरबाट ठूलो ब्याट्री २१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ । एस–५ रहेको एलएफपी ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ ।

ड्यासबोर्डमा १२।८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको यस गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ ।

सम्बन्धित समाचार