प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ ।

आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

सांसद सिंहले मन्त्रालयको सचिवमा डा। संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले डा विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार