सरकारले कुलमान घिसिङलाई फेरि सोध्यो स्पष्टीकरण, हटाउने बारे के भन्यो ?

0 Shares

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि तीन पटक स्पष्टीकरण सोधेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा
बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्रोतका अनुसार उनलाई पदबाट किन नहटाउने भन्ने स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि ऊर्जा मन्त्रालयले पुस २२ गते घिसिङलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो । केही दिनअघि मात्रै पनि उनीसँग स्पष्टीकरण माग गरेको थियो । यस क्रममा आफूलाई सरकारले नियुक्त गरेको भन्दै विभागीय मन्त्रीले हटाउन नसक्ने जवाफ दिएका थिए ।

यस्तै, सरकारले घिसिङले कार्यसम्पादन सम्झौता नबुझाएको भन्दै शून्य अंक दिएको थियो ।

सम्बन्धित समाचार