0
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम सफा रहने विभागले जनाएको हो ।
हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन । देशका पहाडी भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ । तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।