झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना

0 Shares

काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक गाडी सिन्धुलीमा दुर्घटना भएको छ।

शनिबार दिउँसो पौने १ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मुलकोटमा झापाबाट काठमाडौं आउँदै गरेको मप्र.०२.००१ ज ००६३ नम्बरको इभी गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी ७ जना घाइते भएको सिन्धुलीका निमित्त प्रवक्ता इन्स्पेक्टर बाबुराम कार्कीले जानकारी दिए। उनका अनुसार गाडीमा चालकसहित ९ जना सवार थिए।

दुर्घटनापछि दुई जनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि घर फर्किएका छन् भने ७ जनालाई थप उपचारका लागि धुलिखेल पठाइएको छ।

गाडी चालक सिन्धुलीको कमलामाइ नगरपालिका-७ का सुजन बल हुन्। उनी पनि घाइते छन्। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार