रुपन्देहीमा गोली हानी युवकको हत्या, मृतकको दाजु फरार

0 Shares

काठमाडौं । गोली प्रहार गरी रुपेन्देहीमा एक जनाको हत्या गरिएको छ । जिल्लाको मायादेवी गाउँपालिका २ का २९ वर्षीय राकेशसिंह लोधको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घरमा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको दाजु फरार रहेकाले खोजी भइरहेको छ ।

सम्बन्धित समाचार