हत्या गरेर धोबीखोलामा शव लुकाएको आरोपमा युवक पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंको सुकेधारामा पर्ने धोबीखोला करिडोरमा मृत भेटिएका ५० वर्षीय अड्वीर राईको हत्या भएको खुलासा भएको छ ।

हत्यामा संलग्न आरोपित जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका ६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालक हुन् । उनी प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेका अवस्थामा पक्राउ गरेर ल्याएको हो ।

जिल्ला अदालत काठमाडौंबाट आइतबार उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान गर्न म्याद लिने तयारी प्रहरीको छ ।

मृतक राई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायिका व्यक्ति हुन् । उनको शव भेटिएलगत्तै यसमा मायाको पहिचान नेपाललगायतका संस्थाले गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गरेको थियो ।

सम्बन्धित समाचार