0
Shares
काठमाडौं । नेपाल ए ले पहिलो टी २० अभ्यास खेलमा आज आयरल्याण्ड ए सँग खेल्दै छ ।
खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्याण्ड ए बीच समान तीन टी २० र एक दिवसीय सिरिज हुनेछ । बिहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।
त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । नेपाल ए र आयरल्याण्ड ए बीच तीन टी २० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ ।
त्यस्तै तीन एक दिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ (आइतबार) हुनेछ ।