0
Shares
काभ्रे । जिल्लाको बनेपामा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी छन् ।
बिहीबार साँझ साढे ५ बजे महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको हो । प्रारम्भिक अनुसन्धानमा मृत महिला रामेछाप घर भइ बनेपा ६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन् । मेडिकलमा कार्यरत थिइन ।
घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।