छुट्टिएको महिना दिनमै प्रचण्डलाई भेट्न पुगे शेरबहादुर

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । दुई नेताबीच छुट्टिएको महिना दिन नपुग्दै दुई नेताबीच भेट भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा उनीहरूबीच संक्रमण कालीन न्याय, संघीय संसद्लाई सहज रुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्री दाहालले नियमित छलफल गरिरहेका छन् ।

सम्बन्धित समाचार