आईपीएलमा विशाल लक्ष्य पछ्याएको मुम्बाई ३१ रनले पराजित

0 Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ ।

बुधबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले २७८ रनको कीर्तिमानी रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रनमा समेटिएको हो ।

तीन ब्याटरले अर्ध शतक बनाएपछि हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७७ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । आईपीएलमा यो अहिलेसम्मको सबैभन्दा ठूलो स्कोर हो ।

हैदराबादले यसअघि सन् २०१३ को संस्करणमा रोयल च्यालेन्जर्स बेंग्लोरले बनाएको २६३ रनको कीर्तिमान तोडेको हो । कीर्तिमान तोड्ने क्रममा हैदराबादबाट हेनरिक क्लासेन, अभिषेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाए ।

प्रतियोगितामा हैदराबादको यो पहिलो जित हो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा हार बेहोरेको मुम्बई नवौँ स्थानमा पुगेको छ ।

सम्बन्धित समाचार