विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

0 Shares

मोरङ । विराटनगरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो भारतीय नाका जोगबनीबाट विराटनगर आउँदै गरेका २८ वर्षीय सञ्जीव जिमी र २४ वर्षीय अभिषेक तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तु १ दशमलव ४ ग्राम बरामद गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिकाका दुव‌ैजनालाई प्रहरीले विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले जोगबानीबाट विराटनगर आउँदै गर्दा शंका लागेर चेक गर्दा उनीहरूको साथबाट सो लागूऔषध बरामद भएको बताए।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए। पक्राउ परेका दुवै जनाविरूद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार