नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक

0 Shares

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस २५ सिरिजको प्रि अर्डरमानयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस २४ सिरिजको तुलनामा यस पटकको प्रि अर्डर ६० प्रतिशतले बढी भएको छ ।

अब यी स्मार्टफोन नेपाली बजारमा खरिदका लागि उपलब्ध छन् । सामसङ र गुगल एपबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वनयु आई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भने, ‘हामी हाम्रो नयाँ एस सिरिज ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ को लोकप्रियताका लागि अत्यन्त खुसी छौँ। हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यी स्मार्टफोनले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्तालाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्छन्। हामीलाई विश्वास छ किग्यालेक्सी एस२५ सिरिजले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ सहज बनाउने एआई समाधान अपनाउन प्रेरित गर्ने छ।’

ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्ट वनयुआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन् । जसले विभिन्न एपबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्छ ।

यस सिरिजमा अन्तरक्रिया झन् स्वाभाविक भएका छन् । एक मात्र आदेश दिएर जेमिनीले तपाईको मन पर्ने सपोर्टस् टिमको स्केजुअल खोजेर तपाईको सामसङ क्यालेन्डरमा थप्न सक्छ । साथै, गुगलको इनहान्स गरिएको सर्कल टु सर्चले अबएआई ओभर भीउ र एक–ट्यापएक्सनमार्फत झन् उपयोगीजानकारी प्रदान गर्छ ।

ग्यालेक्सी एस २५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीको लागि बनेको स्न्याप ड्रागन ८ एलिटले अन डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्छ । ग्यालेक्सीका लागि विशेष रूपमा कस्टमाइज गरिएको प्रोस्केलर र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) प्रविधिले एआई आधारित इमेज प्रोसेसिंगमा सुधार गर्छ। ब्याट्री खपतलाई प्रभावकारी बनाउँछ ।

ग्यालेक्सी एस २५ अल्ट्राको नयाँ ५० एमपि अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ । भरचुअल अप्यारेचार र सामसङ लग जस्ता प्रो ग्रेड कन्ट्रोलले फोटो तथा भिडियोलाई सिनेम्याटिक बनाउँछ ।

साथै, यो सिरिज कन्टेन्ट क्रेदेन्सियलस् समर्थन गर्ने पहिलो स्मार्टफोन सिरिज हो । जुनको ओलिशन फर कन्टेन्ट प्रोभेनेन्स एण्ड अठेन्तिसिती (सी२ पिए)को प्रविधिमा आधारित छ । यसका माध्यमबाट डिजिटल कन्टेन्टको विश्वसनीयता बढाउन मद्दत पुग्छ । सामसङले एआई आधारित कन्टेन्ट निर्माणलाई पारदर्शी बनाउन यस मानकलाई अवलम्बन गरेको छ ।

सामसङले ग्यालेक्सी एस २५ सिरिजका सबै स्मार्टफोनमा ६ महिनासम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्ने छ । जेमिनी एडभान्स्डमा सामसङको सबैभन्दा शक्तिशाली एआई मोडेल उपलब्ध छन् । जसले प्रयोगकर्तालाई नयाँ जेम्स (कस्टम एआई एक्सपर्ट) तथा डिप रिशर्च (एआई रिशर्च असिस्टेन्ट) जस्ता विशेष सुविधा दिन्छ ।

फागुन २, २०८१ देखि ग्यालेक्सी एस २५ सिरिज सबै सामसङ आधिकारिक स्टोरमा उपलब्ध हुने छन् । ग्यालेक्सी एस २५ अल्ट्रा टाइटेनियम सिल्भर ब्लु, टाइटेनियम ब्ल्याक र टाइटेनियम ह्वाइट सिल्भर रङ्गमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ नेभी, सिल्भर श्याडो र आइसि ब्लु रङ्गमा उपलब्ध हुने छन् ।

फेब्रुअरी १४ देखि ग्यालेक्सी एस२५ सिरिज नेपालभरिका सबै सामसङ अधिकृत स्टोरमा उपलब्ध हुनेछ । ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भर ब्लु, टाइटेनियम ब्ल्याक र टाइटेनियम ह्वाइट सिल्भर रङ्गमा उपलब्ध छ । ग्यालेक्सी एस २५ र ग्यालेक्सी एस२५+ नेभी, सिल्भर श्याडो र आइसिब्लु रङ्गमा उपलब्ध छन् ।

अतिरिक्त रूपमा, सामसङ इन्स्टा फाइनान्स सेवा, जुनहुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित छ । ग्राहकहरूले नवीनतम उपकरण सजिलै ईएमआई विकल्पसहित प्राप्त गर्न सक्छन् । जसको शुरुवात ५२५० महिनामा शून्य प्रतिशत ब्याज दरमा हुन्छ ।

यो प्रक्रिया झन्झटरहित छ । सुरु गर्न नागरिकताको आवश्यकता पर्दछ । साथै, सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत १ वर्षका लागि १ टाइम ब्रेकजइन्स्योरेन्स पनि प्रदान गरिरहेको छ । त्यस्तै, ग्यालेक्सी एस २५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकले आफ्नो पुराना फोन सबको फोन र अर्को स्टोरमार्फत एक्सचेन्ज गर्न सक्ने छन् ।

सम्बन्धित समाचार